8th March | 2021 | Monday | 5:35:24 AM

‘निर्वाचनमा हुने खर्च फजुल होइन’

  POSTED ON : माघ १३, २०७७ (९:३६ AM)

‘निर्वाचनमा हुने खर्च फजुल होइन’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चका रूपमा लिन नहुने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा सोमबार काठमाडौंमा आयोजितका कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रूपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभयोे । निर्वाचनका लागि खर्च हुँदा स्वभाविकरूपमा आर्थिक क्रियाकलाप बढ्ने र अर्थतन्त्रमा सकारात्मक हुन मद्दत पुग्ने उहाँको भनाइ छ । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्रीले दाबी गर्नुभयो ।

संविधानको प्रभावकारी कार्यान्वयनमार्फत राजनीतिक स्थायित्व कायम गर्दै समृद्धि विकासतर्फ मुलुकलाई लैजाने बाटोमा सरकार रहेको पनि पौडेलले बताउनुभयो । निर्वाचनले राजनीतिक स्थायित्व र स्थिरतालाई खण्डित ग¥यो भन्ने बुझाई गलत भएको उहाँको भनाइ छ । ५ वर्षमा हुनुपर्ने निर्वाचन छिटो वा ढिलो हुँदा राजनीतिक स्थायित्वलाई प्रतिकूल प्रभाव प¥यो भन्ने अर्थमा बुझ्न नहुने पनि उहाँले बताउनुभयो । जनता, राष्ट्र, प्रगति र समृद्धिप्रति समर्पित अनुशासित प्रतिनिधिसभाको निर्माण गर्न मध्यावधि निर्वाचनको आव्हान गरिएको अर्थमन्त्रीको भनाइ छ । अस्थिरता निम्त्याउने, अन्तरकलहमा अल्झिने प्रतिनिधिसभा नभई स्थिरता, विकास र समृद्धितर्फ दृढतासाथ अघि बढ्ने प्रतिनिधिसभाको निर्माण अहिलेको माग रहेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।


Views: 57