4th March | 2021 | Thursday | 6:06:15 AM

कृषिमा वैदेशिक लगानीविरुद्ध १५ संस्था

  POSTED ON : माघ १३, २०७७ (९:३८ AM)

कृषिमा वैदेशिक लगानीविरुद्ध १५ संस्था

काठमाडौं । कृषि तथा पशुपक्षीमा वैदेशिक लगानी सम्बन्धमा सरोकारवालाले संयुक्तरूपमा आन्दोलनमा उत्रिने घोषणा गरेका छन् । चितवनको रत्ननगर आयोजित १५ वटा सरोकारवाला संघ संस्थाको भेलाले संघर्ष समिति घोषणा गरेको हो । समितिको संयोजकमा नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसी, सह–संयोजकमा राष्ट्रिय कृषक समूह महासंघकी महासचिव रीता वस्ताकोटी, नेपाल डेरी एसोसिएसनका महासचिव प्रहृलाद दाहाल, केन्द्रीय पशुपंक्षीपालन सहकारी संस्थाका कोषाध्यक्ष बाबुराम अधिकारी रहनुभएको छ । त्यस्तै, सदस्यमा डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, कृषि बिउ तथा तरकारी समूहका पूर्णदत्त भुसाल, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका रत्नमणि न्यौपाने, बाख्रा व्यवसायी महासंघका रुद्रनाथ उपाध्याय, जिल्ला आइपिएम कृषक संघ चितवनका पे्रम नेपाल, नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया, डेरी उद्योग संघका निरञ्जन श्रेष्ठ, मौरीपालक महासंघका शिवप्रसाद शर्मा पौडेल, नेपाल मत्स्य व्यवसायी संघका अम्बिका प्रसाद अधिकारी, नेपाल कुखुरापालक किसान संघका झनकप्रसाद पौडेल, चितवन केरा उत्पादक संघका घननाथ महतो, राष्ट्रिय कृषक समूह महासंघका नवराज बस्नेत, चितवन जिल्ला दुग्ध उत्पादनक सहकारी संघका किशोर बगाले रहनुभएको छ । 

उनीहरूका अनुसार नेपालमा माहुरीपालनमा ४ अर्व, माछापालनमा करिव ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, पोल्ट्रीमा १ खर्ब २५ अर्ब, बाख्रापालनमा १० अर्ब, केराखेतीमा ३ अर्ब, गरी कुल १ खर्ब ८३ अर्बको लगानी भई करिब ३५ लाखभन्दा बढी कृषक तथा श्रमिकमा रोजगारी सिर्जना भइरहेको छ ।

यसैबीच, कृृषिको प्राथमिक उत्पादनको क्षेत्रमा वैदेशिक लगानी भिœयाउने सरकारी निर्णयको विरोध किसान नेताले राजधानीमा प्रदर्शन गरेका छन् ।.

खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार काठमाडौंको माइतीघरमा उनीहरूले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी भिœयाउने निर्णयविरुद्धमा विभिन्न ब्यानर र प्लाकार्डसहित विरोध प्रदर्शन गरेका हुन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषिको प्राथमिक क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने निर्णयबाट सरकार तत्काल पछाडि हट्नुपर्ने बताउनुभयो । आफूहरूले वैदेशिक लगानीको विरोध नभई प्राथमिक कृषिमा वैदेशिक लगानी ल्याउने र विदेशीलाई कृषि प्राकृतिक क्षेत्रको जिम्मा लगाउने कुराको विरोध गरेको उहाँको जिकिर छ । सरकारले प्रथामिक तहमा वैदेशिक लगानी भिœयाएर किसानको गास खोस्न खोजेको आरोपसमेत उहाँले लगाउनुभयो । कृषिको प्राथमिक क्षेत्रमा नभई मूल्य शृंखलामा वैदेशिक लगानी भित्र्याउन सकिने भन्दै सरोकारवालासँग छलफल गरेर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 


Views: 71