8th March | 2021 | Monday | 6:50:14 AM

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यसै साता बाँडफाँड हुने, कति पर्ला ?

  POSTED ON : माघ १३, २०७७ (१:०५ PM)

इन्फ्रास्ट्रक्चर बैंकको शेयर यसै साता बाँडफाँड हुने, कति पर्ला ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर यहि यसै साता बाँडफाँड हुने भएको छ ।बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबारसम्ममा बाँडफाँड गर्ने गरी तयारी थालेको हो ।  बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० वटा आवेदनबाट १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन परेको थियो ।

बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने अनुमान गरिएको छ ।

Views: 90