27th February | 2021 | Saturday | 3:50:21 PM

इन्धनको मूल्यृद्धिसँगै हवाई भाडा वृद्धि

  POSTED ON : फाल्गुन ८, २०७७ (१०:१७ AM)

इन्धनको मूल्यृद्धिसँगै हवाई भाडा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएसँगै वायु सेवा सञ्चालकहरूले हवाई भाडा पनि वृद्धि गरेका छन् । हवाई सेवा प्रदायकको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालले शनिबारदेखि लागू हुने गरी १० रुपैयाँदेखि ९० रुपैयाँसम्म भाडा वृद्धि गरेको हो ।

निगमले फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । इन्धनको मूल्यको अनुपातमा स्वचालित प्रणालीअनुसार हवाइ भाडा वृद्धि गरिएको संघले जनाएको छ । नियामक निकाय नेपाल नागरिक उडड्यन प्राधिकरणको स्वीकृतमा भाडादर समायोजन गरिएको संघको भनाइ छ । नयाँ मूल्यअनुसार हवाई इन्धनको साबिकको प्रतिलिटर ६५ बाट वृद्धि भई ६७ रुपैयाँ पुगेको छ ।

हवाई इन्धनको मूल्य बढेकोले हवाई भाडामा सामान्य वृद्धि गरिएको संघका प्रवक्ता योगराज कँडेल बताउनुभएको छ । सबैभन्दा लामो गन्तव्य काठमाडौ–धनगढीका लागि ९० रुपैयाँले वृद्धि गरिएको छ भने सबैभन्दा नजिकको गन्तव्य धनगढी–महेन्द्रनगरका लागि १० रुपैयाँ वृद्धि गरिएको छ । माउन्टेन फ्लाइटमा ७० रुपैयाँले वृद्धि गरिएको छ । काठमाडौं–भद्रपुर उडान ६०, काठमाडौं–जनकपुर २५, काठमाडौं–विराटनगर ४५, काठमाडौं–भरतपुर २०, काठमाडौं–पोखरा ३० रुपैयाँ वृृद्धि गरिएको छ । त्यस्तै काठमाडौं–भैरहवा ४५, काठमाडौं–नेपालगञ्ज ६५, काठमाडौं–धनगढी ९०, काठमाडौ– तुम्लिङटार ४०, काठमाडौं–सिमरा १५, विराटनगर–तुम्लिङटार २०, पोखरा– भरतपुर २५, पोखरा–नेपालगंज ४५, पोखरा– भैरहवा २५, पोखरा–माउन्टेन ६० रुपैयाँ वृद्धि गरिएको छ । 

त्यस्तै, काठमाडौं–सुर्खेत ७०, विराटनगर–माउण्टेन ६५, काठमाडौं–राजविराज ४०, विराटनगर–भोजपुर २०, विराटनगर–लामिडाँडा २०, विराटनगर–फाप्लु ३०, विराटनगर–पोखरा ७० रुपैयाँ वृद्धि गरिएको छ । त्यसैगरी, विराटनगर–रामेछाप ३५, विराटनगर–रुम्जाटार २०, विराटनगर–ताप्लेजुङ २०, विराटनगर–थमखर्क २०, विराटनगर– सिमरा ३०, दाङ–चौरजहारी १५, दाङ–रुकुम १५ रुपैयाँ वृद्धि गरिएको छ । त्यस्तै, धनगढी–वैतडी २०, धनगढी–बझाङ २०, धनगढी–बाजुरा २०, धनगढी–दार्चुला २०, धनगढी–डोटी १५, धनगढी–साँफेवगर २० रुपैयाँ वृद्धि गरिएको छ । त्यसैगरी–रामेछाप–लुक्ला १५, सुर्खेत–चौरजहारी १५, सुर्खेत–ताल्चा २०, सुर्खेत–सिमीकोट ३०, सुर्खेत–रुकुम २०, सुर्खेत–डोल्पो ३० र सुर्खेत–जुम्मा २० रुपैयाँ वृद्धि गरिएको छ । अन्य रुटहरूमा पनि १० देखि ९० रुपैयाँसम्म वृद्धि गरिएको छ ।


Views: 25

सम्बन्धित सामग्री:

महिला लघुवित्तको आइपीओ बाँडफाँड

: फाल्गुन १४, २०७७ (१२:०३ PM)

सुनको भाउ घट्यो

: फाल्गुन १४, २०७७ (११:५४ AM)