27th February | 2021 | Saturday | 2:42:18 PM

स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण, दुई करोडभन्दा बढीको जुत्ता चप्पल बिक्री

  POSTED ON : फाल्गुन ९, २०७७ (९:३२ AM)

स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण, दुई करोडभन्दा बढीको जुत्ता चप्पल बिक्री

काठमाडौं । स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान भन्ने नाराका काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनीमा २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोरोना महामारीपछि आयोजना गरेको योे पहिलो बृहत मेला हो । एसोसिएसनका पूर्व–अध्यक्ष तथा मेला संयोजक होमनाथ उपाध्यायले शनिबारसम्ममा करिब २ करोड रुपैयाँ बराबरको कारोबार भएको हिमालय टाइम्सलाई बताउनुभयो । 

मेलामा उपभोक्ताको निकै भिड लागेपछि मेलालाई आगामी फागुन २० गतेसम्म लम्व्याइएको छ । मेला माघ २१ गतेदेखि फागुन १० गतेसम्म आयोजना गर्ने तय भएकोमा स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण देखिएकोले मेला फागुन २० सम्मका लागि थप गरिएको संयोजक उपाध्यायले जानकारी दिनुभयो । मेलामा सहभागी केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद कुमार महतोले मेलामा अपेक्षा गरिएभन्दा राम्रो कारोबार भएको बताउनुभयो । मेलामा कम्पनीहरूले व्राण्डेड जुत्ता चप्पलहरू बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराएका कारण पनि उपभोक्तामा आकर्षण देखिएको उहाँको भनाइ छ । 

महतोका अनुसार मेलामा चप्पल न्यूनतम २ सय रुपैयाँ र जुत्ता ५ सयदेखि २५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । कतिपय कम्पनीले भने एक जोडी जुत्ता खरिदमा अर्को सित्तैमा पनि उपलव्ध गराइरहेका छन् । मेलामा सहभागी रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले पनि मेलामा स्वदेशी जुत्ता चप्पलको राम्र्रै कारोबार भएको बताउनुभयो । स्कट क्लियरेन्टका लागि ब्राण्डेड जुत्ता चप्पल बजार मूल्यभन्दा सस्तोमै बिक्री गरिएकोले पनि सबै स्तरका उपभोक्ताले आफ्नो क्षमताअनुसार खरिद गर्न सक्ने उहाँको भनाइ छ । मेलामा स्कट क्लियरेन्सका साथै नयाँ मोडलका जुत्ता पनि उपलव्ध रहेको व्यवसायीले बताएका छन् ।

मेलामा स्वदेशी सम्पुर्ण ब्राण्डहरू फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक÷आगास, कोसेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागिता रहेको आयोजकले जनाएको छ ।

आम उपभोक्तावीचमा आफना उत्पादन पु¥याइ परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र विग्रिएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारिक तथा व्यावसायिक क्रियाकलापलाई सहज बनाउदै लैजान मेला आयोजना गरिएको आयोजकले जनाएको छ । विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर मेलामा भारी छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताउनुभएको छ । विगत केही वर्षदेखि उपभोक्तामा आयातितभन्दा स्वदेशी जुत्ता चप्पलमाका आकर्षण देखिएको छ । वेला वेलामा आयोजना गरिने मेलाका कारण पनि उपभोक्ताको ध्यान स्वदेशी जुत्तामै केन्द्रित हुन गएको व्यवसायीहरू बताउँछन् । उपभोक्ताको आकर्षणसँगै जुत्ता चप्पल उद्योग विस्तार हुने क्रम पनि बढेर गएको छ । व्यवसायीका अनुसार जुत्ता चप्पलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्था पुगिसकेको छ । तथापी अधिकांस कच्चा पदार्थ भने आयात हुने गरेको छ । स्वदेशमै कच्चा पदार्थ उपलव्ध भएमा नेपाल जुत्ता चप्पल उद्योगको प्रतिस्पर्धी क्षमता अझै बढ्ने व्यवसायीले बताउँदै आएका छन् । 

चार्टर्ड एकाउन्टेन्टको जस्तै कम्पनी सचिवको पेशालाई पनि व्यवस्थित र नियमित गर्न इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने भएको छ 

काठमाडौं । स्वदेशी वस्तुको प्रवर्दन हाम्रो अभियान भन्ने नाराका काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको जुत्ता, चप्पल, व्यापार मेला तथा प्रदर्शनीमा २ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालले कोरोना महामारीपछि आयोजना गरेको योे पहिलो बृहत मेला हो । एसोसिएसनका पूर्व–अध्यक्ष तथा मेला संयोजक होमनाथ उपाध्यायले शनिबारसम्ममा करिब २ करोड रुपैयाँ बराबरको कारोबार भएको हिमालय टाइम्सलाई बताउनुभयो । 

मेलामा उपभोक्ताको निकै भिड लागेपछि मेलालाई आगामी फागुन २० गतेसम्म लम्व्याइएको छ । मेला माघ २१ गतेदेखि फागुन १० गतेसम्म आयोजना गर्ने तय भएकोमा स्वदेशी उत्पादनमा उपभोक्ताको आकर्षण देखिएकोले मेला फागुन २० सम्मका लागि थप गरिएको संयोजक उपाध्यायले जानकारी दिनुभयो । मेलामा सहभागी केटिएम सुजका प्रवन्ध निर्देशक प्रमोद कुमार महतोले मेलामा अपेक्षा गरिएभन्दा राम्रो कारोबार भएको बताउनुभयो । मेलामा कम्पनीहरूले व्राण्डेड जुत्ता चप्पलहरू बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराएका कारण पनि उपभोक्तामा आकर्षण देखिएको उहाँको भनाइ छ । 

महतोका अनुसार मेलामा चप्पल न्यूनतम २ सय रुपैयाँ र जुत्ता ५ सयदेखि २५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । कतिपय कम्पनीले भने एक जोडी जुत्ता खरिदमा अर्को सित्तैमा पनि उपलव्ध गराइरहेका छन् । मेलामा सहभागी रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले पनि मेलामा स्वदेशी जुत्ता चप्पलको राम्र्रै कारोबार भएको बताउनुभयो । स्कट क्लियरेन्टका लागि ब्राण्डेड जुत्ता चप्पल बजार मूल्यभन्दा सस्तोमै बिक्री गरिएकोले पनि सबै स्तरका उपभोक्ताले आफ्नो क्षमताअनुसार खरिद गर्न सक्ने उहाँको भनाइ छ । मेलामा स्कट क्लियरेन्सका साथै नयाँ मोडलका जुत्ता पनि उपलव्ध रहेको व्यवसायीले बताएका छन् ।

मेलामा स्वदेशी सम्पुर्ण ब्राण्डहरू फिटराइट, ल्याण्डवाक, फ्रस्टवाक-आगास, कोसेली, रन, सुल्यान्ड, हाइलाइफ, क्रसरोड, रोयल सुज, बिएफ डियरहिल, गोल्डस्टार, बोस सुज, किम सुज, भेनस, फुट स्टेप, शिखर सुज, व्याम्बो सुज, पीजीलगायतका सहभागिता रहेको आयोजकले जनाएको छ ।

आम उपभोक्तावीचमा आफना उत्पादन पु-याइ परिचित गराउने मुख्य उद्देश्यका साथ समग्र विग्रिएको अर्थतन्त्रलाई चलायमान बनाउन र व्यापारिक तथा व्यावसायिक क्रियाकलापलाई सहज बनाउदै लैजान मेला आयोजना गरिएको आयोजकले जनाएको छ । विगत एक वर्षदेखि अर्थतन्त्र थलिएका कारण नेपाली उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासलाई ध्यानमा राखेर मेलामा भारी छुटको व्यवस्था गरिएको संयोजक उपाध्यायले बताउनुभएको छ । विगत केही वर्षदेखि उपभोक्तामा आयातितभन्दा स्वदेशी जुत्ता चप्पलमाका आकर्षण देखिएको छ । वेला वेलामा आयोजना गरिने मेलाका कारण पनि उपभोक्ताको ध्यान स्वदेशी जुत्तामै केन्द्रित हुन गएको व्यवसायीहरू बताउँछन् । उपभोक्ताको आकर्षणसँगै जुत्ता चप्पल उद्योग विस्तार हुने क्रम पनि बढेर गएको छ । व्यवसायीका अनुसार जुत्ता चप्पलमा नेपाल आत्मनिर्भरोन्मुख अवस्था पुगिसकेको छ । तथापी अधिकांस कच्चा पदार्थ भने आयात हुने गरेको छ । स्वदेशमै कच्चा पदार्थ उपलव्ध भएमा नेपाल जुत्ता चप्पल उद्योगको प्रतिस्पर्धी क्षमता अझै बढ्ने व्यवसायीले बताउँदै आएका छन् । चार्टर्ड एकाउन्टेन्टको जस्तै कम्पनी सचिवको पेशालाई पनि व्यवस्थित र नियमित गर्न इन्ष्टिच्युटले सो सम्वन्धी विधेयकको मस्यौदा तयार पार्न सरकारलाई सहयोग गर्ने भएको छ ।


Views: 45

सम्बन्धित सामग्री:

महिला लघुवित्तको आइपीओ बाँडफाँड

: फाल्गुन १४, २०७७ (१२:०३ PM)

सुनको भाउ घट्यो

: फाल्गुन १४, २०७७ (११:५४ AM)