2nd March | 2021 | Tuesday | 7:49:46 AM

पर्यटनका सबै गतिविधि खुला गर्न माग

  POSTED ON : फाल्गुन ११, २०७७ (९:४३ AM)

पर्यटनका सबै गतिविधि खुला गर्न माग

काठमाडौं । पर्यटन व्यवसायीले सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाधरूपमा सञ्चालन गर्न दिन माग गरेका छन् । पर्यटन व्यवसायीहरूका सबै छाता संगठनहरूले सोमबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् । सेफिट पोर्टोकलका आधारमा सेवा दिने गरी सम्पूर्ण पर्यटन गतिविधि गर्न दिनुपर्ने उनीहरूको माग रहेको छ ।

 देशमा दैनिकजसो सभा, विरोध, जुलुसलगायतका कार्यक्रममा कोरोना जोखिम नहुने तर विदेशी पर्यटक नेपाल घुम्न आउँदा जोखिम हुने भन्नु हास्यास्पद भएको पनि उनीहरूले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल(टान)का अध्यक्ष खुमबहादुर सुवेदीले दिनहुँ विरोध प्रदर्शन हुँदा कोरोना जोखिम नहुने भए विदेशी पर्यटकलाई सहजै नेपाल आउन दिए पनि कोरोना जोखिम नहुने जिकिर गर्नुभयो । पिसिआर रिपोर्ट नेगेटिभ भएका र कोरोना खोप लगाएर आउने पर्यटकलाई निर्वाधरूपमा घुम्न दिनुपर्ने उहाँको माग छ ।

त्यस्तै पिसिआर नेगेटिभ भएका पर्यटकलाई ५ दिनको क्वारेन्टाइन हटाउन र ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमाको मापदण्डलाई खारेज गर्न पनि उहाँले माग गर्नुभयो । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले पर्यटन व्यवसायीले पटकपटक माग राख्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाउनुभयो ।

पर्यटन व्यवसायीले ७२ घण्टाको पिसिआर रिपोर्ट लिएर आउने पर्यटकलाई अनिवार्य ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान हटाइनुपर्ने, अनलाइन र अराइभल भिसा तथा विदेशस्थित नेपाली दूतावास वा नियोगबाट भिसाको व्यवस्था पूर्ववतरूपमा सूचारु हुनुपर्ने, विमानस्थलमा कोरोना परीक्षण मेसिन राखेर परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोनाविरुद्धको खोप अग्रपंक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई पनि उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् । साथै कोरोनाबाट सबैभन्दा बढी क्षति भएको पर्यटन क्षेत्रले हासम्म पुनरकर्जा कोषको सुविधा लिन नपाएको, सरकारले राहतका रुपमा कोष निर्माण गरे पनि पहुँच हुनेले मात्रै सुविधा पाएको पनि उनीहरूको गुनासो रहेको छ ।


Views: 30

सम्बन्धित सामग्री:

नेप्सेमा पहिरो

: फाल्गुन १६, २०७७ (६:०६ PM)