27th February | 2021 | Saturday | 4:25:34 PM

शिवश्री हाइड्रोको उत्पादन मिति तोकियो

विजय नेपाल   POSTED ON : फाल्गुन ११, २०७७ (१२:३३ PM)

शिवश्री हाइड्रोको उत्पादन मिति तोकियो

बाह्रविसे । शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिका—४, फुल्पीङ्कट्टीमा निर्माण गरिरहको अपर चाकु हाइड्रोपावरको उत्पादन मिती तय भएको छ । हाइड्रोपावरले आउने शुक्रबारबाट ८ दशमलव २० मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोड्ने भएको हो । 

आयोजनाको सम्पुर्ण काम सम्पन्न गरी गत शुक्रबार नै परिक्षण प्रशारणको शुरुवात गरेको थियो । भोटेकोशी गाँउपालिकाका अध्यक्ष राजकुमार पौडेलले त्यसको औपचारीक शुरुवात गरेका थिए । अहिले हिँउदको समयमा आयोजनाबाट ८ दशमलव २० मेगावाट विजुली उत्पादन हुनेछ छ भने वर्खा लागेपछि पुर्ण क्षमतामा २२ दशमलव २ मेगावाट नै उप्पादन हुनेछ । 

२०७५ सालको साउन महिनामा निर्माण सम्पन्न हुने लक्ष्यका साथ निर्माण कार्य शुरु गरिएको आयोजनाको काम सम्पन्न हुन भने थप समय लागेको हो । “हामीले जुरे पहिरो देखि महाभुकप्प र भोटेकोशी बाढीको समेत सामना गर्नुप¥यो ।” आयोजननका अध्यक्ष बच्चु पौडेलले भने —“जसको कारण हामीले समयमै निर्माण सामाग्री आयोजनास्थलमा पु¥याउन सकेनौं ।” प्राकृतीक विपत्तीले अरनीको राजमार्ग क्षतीग्रस्त हुँदा सामाग्री ढुवानीमा समस्या आएको पौडेलले बताए । 

त्यसबाहेक पनि सो आयोजनाले विभिन्न दुर्घटना भोग्यो । आयोजनाको सबै काम सम्पन्न गरेर परिक्षणको तयारी गरीरहेकै बेला २०७६ साल असार २१ गते राती मार्मीङ खोलामा बाढी आँउदा आयोजनाको मुहानस्थालमा ठुलो क्षती पुगेको थियो । सो बाढीका कारण आयोजनामा कार्यरत २ जना कर्मचारी समेत वेपत्ता भएका थिए भने दुइजना घाइते भएका थिए । घटनामा वेपत्ता भएका आयोजनाका एक जना इन्जिनियर र अर्का एक इलेक्ट्रिसियनको अवस्था अर्झ अज्ञात छ । त्यस्तै २०७५ चैत १० गते सोही आयोजनाको बाँधस्थलको कर्मचारी आवासमा ग्याँस सिलिन्डर विस्फोट हुँदा चार जना कर्मचारीले ज्यान गुमाएका थिए । जसको कारण पनि आयोजनाको निर्माण समय र लागत समेत लम्बीएको हो । 

आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रहेको छ । 


Views: 78

सम्बन्धित सामग्री:

महिला लघुवित्तको आइपीओ बाँडफाँड

: फाल्गुन १४, २०७७ (१२:०३ PM)

सुनको भाउ घट्यो

: फाल्गुन १४, २०७७ (११:५४ AM)