17th April | 2021 | Saturday | 11:20:08 PM

व्यावसायिक किसानलाई बिनाधितो ऋण

श्याम घिमिरे   POSTED ON : फाल्गुन २१, २०७७ (८:१५ AM)

व्यावसायिक किसानलाई बिनाधितो ऋण

अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले व्यवसायिकरूपमा कृषि गर्ने कृषकलाई बिनाधितो सरल र सुलभ ब्याजदरमा कृषि ऋण उपलब्ध गराउने भएको छ । व्यावसायिकरूपमा कृषि गर्ने कृषकलाई सुलभ कृषि कर्जा प्रदान गर्न सन्धिखर्क नगरपालिका र नेपाल बैंकबीच सम्झौता भएको छ ।

 सो अवसरमा सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालले विदेशबाट फर्किएका उद्योमशिल व्यक्ति, कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा केही गरौं भन्ने सोच भएका तर स्रोत साधन नभएकालाई व्यवसायिक कृषि पेशामा आबद्ध गराइ समुन्नत सन्धिखर्क बनाउने उद्देश्यका साथ सुलभ कृषि कर्जा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । भुसालले पछिल्लो समय नगरपालिकाले प्रबिधि हस्तान्तरणलाई जोड दिएको जानकारीसमेत गराउनुभयो ।

नेपाल बैंक लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले व्यावसायिकरूपमा कृषि गर्नेलाई बिनाधितो कर्जा प्रवाह गरिने बताउनु भयो । ऋण लिँदा कुनै पनि प्रक्रियामा शुल्क नलाग्ने र ब्याजदर २ देखि ३ प्रतिशतसम्म रहने उहाँले जानकारी गराउनुभयो । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख भुसाल र नेपाल बैंक लुम्बिनी प्रदेशका मुख्य प्रबन्धक भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको होे । सुलभ कृषि कर्जाका लागि सन्धिखर्क नगरपालिका र नेपाल बैंकले ७५÷७५ लाख गरी डेढ करोड रुपैयाँको लागतमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म सुलभ कर्जा प्रदान गर्ने भएका छन् । 


Views: 68