11th April | 2021 | Sunday | 7:31:40 PM

भोलिदेखि ललितपुरमा महिला हस्तकला मेला

  POSTED ON : फाल्गुन २१, २०७७ (८:१७ AM)

भोलिदेखि ललितपुरमा महिला हस्तकला मेला

काठमाडौं । हस्तकलाको प्रवद्र्धन, महिला सशक्तीकरणको सम्बद्र्धन भन्ने नाराका साथ १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला हस्तकला मेला हुने भएको छ । ललितपुर महानगरपालिका र नेपाल हस्तकला महासंघको संयुक्त आयोजनामा ललितपुर महानगर परिसरमा फागुन २२ गतेदेखि २४ गतेसम्म मेला आयोजना हुने आयोजक संस्थाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 

मेलामा एकै छानामुनि प्राकृतिक रेसा केतुके, अलैंची, केरा, अल्लो र बाँसबाट निर्मित सामान, काष्ठकला, चाँदीका गरगहना तथा चाँदीका वस्तु, धातुका गरगहना, फेल्ट, क्रिष्टलका सामान, हाड र सिंगका वस्तु, बिड्सका सामान, उनी तथा सुती, ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, सेरामिक तथा माटोका सामग्री, सिसाजन्य सामग्री गरी करिब ५० स्टल रहने मेला आयोजक समिति संयोजक सविता सिंह महर्जनले जानकारी दिनुभएको छ । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाको लघु, घरेलु उत्पादक एव कम आय भएका महिला, जनजाति आदिवासी उद्यमीका साथै अपाङगता भएका महिलाका उत्पादनहरू रहने पनि उहाँले जानकारी दिनुभयो ।

महिला उद्यमीबाट उत्पादित नेपाली उत्पादन÷ नेपालको पहिचानअनुरूप स्थानीय हस्तकला वस्तुको बजार विकास र प्रवद्र्धन कार्यको थालनी गर्नु र हस्तकला व्यवसायमा संलग्न लघु, घरेलु तथा साना उद्यमी,व्यवसायीलाई उत्पादक, खरिदकर्ता, बिक्रेता र निर्यातकर्तासँग एकै थलोमा भेला गराई स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय बजारमासमेत हस्तकला बस्तुको निर्यात प्रवद्र्धन गर्न सघाउ पु¥याउने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलाको उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र समापन उपप्रमुख गीता सत्यालले गर्नुहुने आयोजकले जनाएको छ । महासंघका अनुसार कुल सदस्यमध्ये १० प्रतिशत महिला उद्यमीको सहभागिता रहेको छ ।


Views: 123