15th June | 2021 | Tuesday | 10:07:04 AM

तीन सम्पदा पुनर्निर्माण सम्झौता

  POSTED ON : चैत्र १८, २०७७ (९:३५ AM)

तीन सम्पदा पुनर्निर्माण सम्झौता

काठमाडौं । सिन्धुपाल्चोकमा तीनटा सांस्कृतिक सम्पदा परियोजनाको पुनः स्थापना र पुनर्निर्माण गर्न भारतले २३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । भारतको आर्थिक सहयोगमा निर्माण हुने उक्त परियोजना पुनर्निर्माण कार्यका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा ठेकेदारबीच मंगलबार तीनवटा ठेक्का सम्झौतामा हस्ताक्षर भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

सम्झौताअन्तर्गत सिन्धुपाल्चोकस्थित चिरी घ्याङ गुम्बा, तार्के घ्याङ गुम्बा र मेलम्ची घ्याङ गुम्बा पुनर्निर्माण हुनेछ । सो अवसरमा पूर्वअर्थराज्यमन्त्री डा. लार्केल लामा, प्रदेशसभा सदस्य निमा लामा, भारतीय दूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका दोस्रो सचिव, प्राधिकरण सांस्कृतिक परियोजनाका परियोजना निर्देशक, सम्बन्धित गुम्बाका अध्यक्ष, भारत सरकारको परियोजना परामर्श दातालगायतका अधिकारीको उपस्थिति रहेको दूतावासले जानकारी दिएको छ । 

भूकम्पले क्षति पु¥याएका २८ सांस्कृतिक सम्पदाको संरक्षण र पुनः स्थापनाका लागि भारत र नेपाल सरकारबीच सहमति भएको थिया । नेपालका ८ जिल्लामा भूकम्पले क्षति पु¥याएका सांस्कृतिक सम्पदा परियोजना संरक्षण, पुनःस्थापना र पुनर्निर्माणका लागि भारतले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो ।


Views: 77