15th June | 2021 | Tuesday | 8:52:35 AM

विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत

हिमालय टाइम्स   POSTED ON : चैत्र १८, २०७७ (२:१७ PM)

 विश्व बैंकको प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशत

काठमाडौं । आर्थिक वर्ष २०२१/२०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ विरुद्धको खोपको वितरण र यसले सिर्जना गरेको सहज गतिविधिका कारण अर्थतन्त्रमा तीव्र सुधारको संकेत देखिएको छ ।

आर्थिक वर्ष २०२०/२१ मा नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।


Views: 86