11th April | 2021 | Sunday | 6:04:40 PM

फेरि बढ्यो इन्धनको मूल्य

हिमालय टाइम्स   POSTED ON : चैत्र २२, २०७७ (९:२९ PM)

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौँ  । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ ।
भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य बढाएको प्रबक्ता  बिनितमणि उपाध्यायले जानकारी दिनु भयो ।
उहाँका अनुसार स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्दा पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढेको छ । जसअनुसार नयाँ खुद्रा बिक्री मूल्य क्रमश: पेट्रोल १ सय २० र डिजेल/मट्टितेेेल १०३/१०३ रुपैयाँ कायम गरिएको छ । निगमले एलपी ग्यास र हवाई इन्धनको बिक्री मूल्य भने यथावत राखेको छ ।

Views: 54