16th May | 2021 | Sunday | 6:51:32 PM

विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने : अध्यक्ष हुमागाँई

हिमालय टाइम्स   POSTED ON : चैत्र ३१, २०७७ (२:३५ PM)

विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने : अध्यक्ष हुमागाँई

काठमाडौं । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताउनुभएको छ ।  

मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताउनुभएको हो । बोर्डको प्रमुख उद्देश्य विज्ञापन बजारको विस्तार गर्ने, विज्ञापन रहित नीतिको कार्यान्वयन र अवैध रुपमा विज्ञापन भइरहेका क्षेत्रहरुमा नियमन र नियन्त्रण गर्ने रहेको बताउनुभयो । सरोकारवालाहरु सँग छलफल गर्दै नीति निर्धारण गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने उहाँको भनाई छ । बोर्डले सरकारी विज्ञापनको व्यवस्थापनका साथै महत्वपूर्ण मिडिया क्याम्पियनहरु सञ्चालन गर्ने पनि बताउनुभयो ।

अध्यक्ष हुमागाँईले लोककल्याणकारी विज्ञापनलाई बोर्डले व्यवस्थित बनाउने बताउनुभयो । केन्द्र, प्रदेश तथा स्थानीय स्तरको विज्ञापनको काम व्यवस्थित र संवेदनशील भएर सञ्चालन गर्ने पनि बताउनुभयो ।


Views: 32