15th June | 2021 | Tuesday | 9:48:59 AM

जैन निकेतन र गोर्खा अस्पतालमा आइसोलेसन केन्द्र

  POSTED ON : बैशाख ३१, २०७८ (८:४९ AM)

जैन निकेतन र गोर्खा अस्पतालमा आइसोलेसन केन्द्र

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भगवान् महावीर जैन–निकेतन ज्ञानेश्वर र आरम्भ फाउण्डेसनसँगको सहकार्यमा कोभिड संक्रमितका लागि बिहीबादेखि कमलपोखरीस्थित जैन निकेतनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । 

आइसोलेसन सेन्टरमा हाल २६ बेड रहनेछन् तर आवश्यकताअनुसार थप बेडको व्यवस्थापन गर्दै जाने योजना रहेको महासंघले जनाएको छ । महासंघका अनुसार कोरोना संक्रमणका कारण आइसोलेसनमा बस्न समस्या परेका न्यून आय भएकालाई लक्षित गरिसेन्टर सञ्चालनमा ल्याइएको हो ।

न्यून आय भएका, कुनै लक्षण नदेखिएका संक्रमित कामका लागि बाहिर जाने र त्यसबाट संक्रमणसमेत फैलनसक्ने उच्च खतरा रहेकोले त्यस्ता संक्रमितलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्य रहेको महासंघले जनाएको छ । 

आइसोलेसनका लागि भगवान् महावीर जैन–निकेतनले भवन उपलब्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइसोलेसनको दैनिक व्यवस्थापन र सञ्चालनको जिम्मेवारीसहित २ जना स्वास्थ्यकर्मी र एकजना चिकित्सकको व्यवस्था गरी आइसोलेसनमा रहेका संक्रमितको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्शसहित औषधि उपचारको व्यवस्था गरिएको छ ।

 स्थानीय तहमा संक्रमितसँग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका २९ ले सहयोग गरेको छ । आइसोलेसनमा रहने संक्रमितका लागि बिहान बेलुकाको खाना र दिउँसोको खाजा उपलब्ध हुनेछ भने अक्सिजनबाहेक कोरोना संक्रमितका लागि दिइने खाने औषधि उपलब्ध गराइने महासंघले जनाएको छ ।

आइसोलेसनमा रहँदा कुनै संक्रमितमा स्वास्थ्य जटिलता आई अस्पताल जानुपर्ने अवस्था आएमा बिरामीलाई अस्पतालसम्म जाने कार्यको समन्वय महासंघले गरिदिनेछ तर, उपचारको सम्पूर्ण व्यवस्थापन बिरामी आफैँले गर्नुपर्नेछ । 

महासंघ अध्यक्ष शेखर गोल्छाले कतिपय संक्रमित संक्रमणका बखत उचित खानपिन र क्वारेन्टाइन अभावमा ठूलो समस्यामा पर्ने भएकोले दैनिक कमाएर गुजारा गर्नुपर्ने न्यून आय भएकालाई लक्षित गरी उनीहरूलाई सहयोग गर्न आइसोललेसन सेन्टर सञ्चालनमा ल्याएको बताउनुभएको छ ।

महासंघ सदस्य रञ्जितराज आचार्यले विभिन्न संघ संस्थाको सहयोग र समन्वयमा यस्ता सेन्टर अन्य ठाउ“मा पनि विस्तार गर्दै जाने योजना रहेको बताउनुभएको छ । महावीर जैन–निकेतनका अध्यक्ष विजय दुगडले आफ्नो संस्थाले सधैँ समाज सेवा र यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो भने आरम्भ फाउण्डेसनका अध्यक्ष सीमा अधिकारील सत्कार्यमा स्वास्थ्य उपचार र दैनिक व्यवस्थापनका लागि सहभागी हुने अवसर दिएकोमा महासंघलाई धन्यवाद दिनुभयो । 

गोर्खा अस्पतालमा पनि आइसोलेसन 

क्षेत्रपाटीस्थित गोर्खा अस्पतालमा कोभिड आइसोलेसन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं सञ्चालनका लागि नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका १७ बीच सहमति भएको छ । महासंघका अध्यक्ष गोल्छा र वडाध्यक्ष नवीन मानन्धरबीच बिहीबार उक्त सम्झौपत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको पनि उपस्थिति थियो । 

उक्त आइसोलेसन केन्द्र आगामी आइतबारबाट संचालनमा आउनेछ भने ५० बेड रहनेछन् तर आवश्यकताअनुसार विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाउन सकिनेछ । केन्द्रमा कोरोना भई घर वा कोठामा नै आइसोलेसनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोरोना विरामीलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीको निगरानीमा राखी सेवा प्रदान गरिने महासंघले जनाएको छ । 

आइसोलेसनमा रहेका बिरामीलाई आपतकालीनरूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकताअनुसार चिकित्सकको सल्लाहमा विरामीलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्थासमेत बताइएको छ । वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइसोलेसनमा रहेका बिरामीको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइसोलेसनमा रहेका आपतकालीन वा आकस्मिक उपचारको स्थितिमा रहेका बिरामीलाई चिकित्सकको सिफारिसमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाउनेछ भने महासंघले आइसोलेसनमा प्र्राथमिक उपचार केन्द्रको सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक पर्ने आर्थिक स्रोत जुटाउनेछ । 

केन्द्रमा हुने खर्चलाई पारदर्शी, मितव्ययी र प्रभावकारी व्यवस्थापन गर्न महासंघको स्वास्थ्य समितिका सभापति हेमराज ढकालको सभापतित्वमा खरिद एवं खर्च व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिमा भक्तबहादुर हमाल, रविन श्रेष्ठ, बाबुकाजी कार्की र एक जना चिकित्सक सदस्य रहनुभएको पनि महासंघले जनाएको छ । 

महासंघले केही दिनअघि कोभिड १९ सहायता केन्द्र स्थापना गरेको थियो । केन्द्रबाट सेवा लिन महासंघ सचिवालयका सम्पर्क अधिकृतद्धय हरि पौड्याल (९८०१०९६८१२) र रिंकु घिमिरे (९८०११९२५९१) लाई टेलिफोन वा एसएमएसमार्पmत सम्पर्क गरी आवश्यक सेवा टिपाउन सकिने पनि महासंघले जनाएको छ ।


Views: 78