15th June | 2021 | Tuesday | 8:36:36 AM

सिईडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँट, १५ प्रतिशत आवेदकले मात्र पाए शेयर

  POSTED ON : बैशाख ३१, २०७८ (१:१९ PM)

सिईडिबि हाइड्रोपावरको आइपीओ बाँडफाँट, १५ प्रतिशत आवेदकले मात्र पाए शेयर

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा १६ लाख ३७ हजार ६५९ वटा योग्य आवेदनबाट २ करोड ४६ लाख ४५ हजार ७३५ कित्ता शेयर आवेदन भएको थियो ।

नतिजा अनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्युनतम १० कित्ताका दरले शेयर पाएका छन् । त्यसमध्ये ४ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी १४ लाख ३ हजार ४६४ आवेदकको हात खाली भएका छन् ।

कम्पनीले बैशाख १७ गते देखि २१ गते सम्म सर्वसाधारणका लागी जारी पूँजी ८३ करोड ९४ लाख १० हजार रुपैयाँको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

Views: 105