21st June | 2021 | Monday | 1:37:10 PM

निषेधाज्ञाको जरिवाना छुट गर्न माग

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:४४ AM)

निषेधाज्ञाको जरिवाना छुट गर्न माग

निजी क्षेत्रले कोरोना बन्दाबन्दीका कारण उद्यम व्यवसाय ठप्प प्राय रहेको र मुलुकभर करिब ७० प्रतिशत उद्यम व्यवसाय प्रभावित भएको भन्दै निषेधाज्ञा अवधिभरको कर भुक्तानीमा जरिवाना छुटको माग गरेको छ ।

निषेधाज्ञाले आवागमनसमेत अवरुद्ध हुँदा मासिकरूपमा बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायतको विवरण र कर रकम बुझाउन सक्ने परिस्थिति नभएको भन्दै यस विषम अवस्थासमेतलाई मनन गरीे कर राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन निजी क्षेत्रले सरकारको ध्यानाकर्षण गराएको छ ।

निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बुधाबार संयुक्त विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएका हुन् । आगामी वर्ष २०७८/७९ को बजेटमार्फत आर्थिक पुनरुत्थान र निजी क्षेत्रको विकासका लागि निजी क्षेत्रले उठाएका धेरै विषय सम्बोधन भएको जनाउँदै बजेटको मुख्य स्रोत पनि निजी क्षेत्र नै भएकाले उद्यम व्यवसाय फष्टाउने वातावरणतर्फ लाग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

व्यवसाय सञ्चालनमा रहेका र राजस्व बुझाउन सक्ने उद्यमी व्यवसायीलाई गत वर्ष जस्तै समयमा राजस्व बुझाएर आप्mनो दायित्व पूरा गरी सरकारलाई सहयोग गर्न ती संस्थाले आग्रह गरेका छन् । महासंघ अध्यक्ष शेखर गोल्छा, परिसंघ अध्यक्ष सशितकुमार मोर र चेम्बर अध्याक्षद्वारा संयुक्तरूपमा जारी विज्ञप्तिमा अर्थतन्त्रलाई कोरोना जोगाई अगाडि लैजान र बजेटको पूर्ण कार्यान्वयन गरी आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, कामदार कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर खोपको सुनिश्चतता गराउनसमेत माग गरिएको छ


Views: 49