21st June | 2021 | Monday | 12:59:48 PM

महिला सहयात्रामा नेशनल गाभिने

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (८:५८ AM)

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा संस्थाका अध्यक्ष अमृतचरण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । राष्ट्रियस्तरको कार्यक्षेत्र र १४ करोेड ६४ लाख १० हजार चुक्ता पुँजी रहेको विशेष साधारणसभाले नीलकण्ठ गाउँपालिका ३ धादिङबेसीस्थित नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पारित गरेको छ ।

महिला सहयात्रा लघुवित्तको सय कित्ता शेयरबापत नेशनल माइक्रोफाइनान्स लघुवित्तको ६८ कित्ता शेयर कायम गरी गाभ्न अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।  दुवै संस्था गाभिएपछि संस्थाको चुक्ता पुँजी करिब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुल कर्जा लगानी १० अर्बभन्दा बढी पुग्ने बताइएको छ । गाभिएपछि सय शाखा र ५ सय ५० भन्दा बढी कर्मचारीमार्फत करिब १ लाख ४० हजार ग्राहकलाई सेवा प्रदान गर्नेछ । 


Views: 46