21st June | 2021 | Monday | 1:54:11 PM

टिभिएस एनटर्क १२५ एक लाख बिक्री

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (९:०२ AM)

टिभिएस एनटर्क १२५ एक लाख बिक्री

टू हिृवलर र थ्री– हिृवलर निर्माता टिभिएस मोटर कम्पनीले अन्तर्राष्टिय बजारमा टिभिएस एनटर्क १२५ एक लाख युनिट बिक्री लक्ष्य पार गरेको जनाएको छ । सन् २०१८ मा टिभिएस एनटर्क १२५ भारतमा पहिलो ब्लुटुथ जडित स्कुटर बजारमा ल्याएको थियो ।

इण्डस्ट्रिज फष्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा स्कुटरले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार हाल टिभिएस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इष्ट र आसियनका १९ देशमा बिक्री हुँदै आएको छ ।

टिभिएस मोटर कम्पनीका निर्देशक के एन राधाकृष्णनले भन्नुभयो, ‘हाम्रो स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा एक लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौं, यसको सुरुवातदेखि नै स्कुटरले विश्वव्यापी जेन जेड ग्राहकबीच मनपर्दो बनेको थियो ।, टिभिएस एनटर्क १२५ ले रेसिङ पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्ने बताइएको छ । नेपालमा टिभिएस एनटर्क १२५ को पहिलोपटक अटो शोमा सार्वजनिक गरिएको थियो । 

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल शहिल अग्रवालले भन्नुभयोे, ‘यो स्कुटर सबै ग्राहकबीच लोकप्रिय बनेको छ र म ढुक्क छु कि रेस एडिसनले धेरैभन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकलाई सन्तुष्टि प्रदान गर्नेछ ।’ सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिव्रmी हुने १२५ सिसीको प्रिमियम स्कुटर बन्न सफल भएको कम्पनीको दाबी छ ।


Views: 47