21st June | 2021 | Monday | 12:11:23 PM

खल्तीमा बैंक लिंक गर्दा नगद बोनश

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (९:०७ AM)

खल्तीमा बैंक लिंक गर्दा नगद बोनश

खल्ती डिजिटल वालेटले खल्ती खाता बैंक लिंक गरेमा सय रुपैयाँ बोनश अफर ल्याएको छ । एकपटक बैंक लिंक गरेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सकिने यस सेवामार्फत महामारीबीचमा घरैबाट हरेक भुक्तानी सरल बनाउने उद्देश्यका साथ यस्तो अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यसबाट बिजुली, पानी, इन्टरनेट, राजस्वलगायता खल्तीमा उपलब्ध सबै सेवाको भुक्तानी झन्झटरहित सेवा लाभ लिन सकने कम्पनीले जनाएको छ । खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले महामारीलाई मध्यनजर गर्दै यो सहज सेवा प्रयोगका लागि प्रोत्साहित गर्न बोनश अफर ल्याइएको बताउनुभयो । 

यसैबीच खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीसँगको सहकार्यमा खल्तीबाट निःशुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीचको सम्झौतासँगै उक्त सेवा कार्यान्वयनमा आएको कम्पनीले जनाएको छ । खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक जोनाम भूर्तेलले फोहोर संकलन गर्ने कम्पनीसँगको यो सहकार्यले अब कुनै पनि समयमा फोहोरमैलाको रकम झन्झटरहित भुक्तानी गर्न सकिने बताउनुभयो ।


Views: 55