21st June | 2021 | Monday | 1:10:30 PM

नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेट

हिमालय टाइम्स   POSTED ON : जेठ २७, २०७८ (९:१५ AM)

नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेट


भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप श्रेष्ठले संघतर्फबाट चाँगुनारायण नगरपालिका तथा सूर्यविनायक नगरपालिकालाई २-२ थान अक्सिजन कन्सन्ट्र«ेटर हस्तान्तरण गर्नुभएको छ ।

अक्सिजन कन्सन्ट्रेटर नगरपालिकाद्वारा सञ्चालित आइसोलेसन केन्द्रमा उपचारार्थ बिरामीलाई अक्सिजन आवश्यक परेको अवस्थामा तत्काल अक्सिजन उपलब्ध गराउन उपयोगी हुने बताइएको छ । चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कन्सन्ट्रेटरहरू ग्रहण गर्नुभएको बताइएको छ । 


Views: 62