आविष्कार केन्द्रसँग हेल्प नेपालको सहकार्य

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (९:०४ AM)

आविष्कार केन्द्रसँग हेल्प नेपालको सहकार्य

हेल्प नेपाल नेटवर्कले राष्ट्रिय अविष्कार केन्द्रसँग सहकार्य गरेको छ । नेटवर्कले सबै ग्लोबल च्याप्टरसँग सहयोग जुटाउँदै अक्सिजन, पिपिईलगायतका सामग्री उत्पादनमा सहयोग गर्दै आएको छ । हेल्प नेपालले कोरोना बिरामीका लागि आवश्यक अक्सिजन सिलिण्डर व्यवस्थापन तथा पिपिईको उत्पादनसहितका काममा अविष्कार केन्द्रलाई सहयोग गर्दै आएको छ ।

नेटवर्कले पछिल्लो समय ५० लाख रुपैयाँ सहयोग उठाउने लक्ष्यसहित सहयोग अभियान थालेको छ । अभियानमा नेटवर्कका अष्टे«लिया, बेलायत, अमेरिकालगायतका अन्य च्याप्टर सक्रिय रहेको बताइएको छ । नेटवर्कका अध्यक्ष अरुण सिंह बस्नेतले यस बीचमा ३० लाख बढीको सहयोग रकम जुटेको र त्यसमध्ये केही रकम आविष्कार केन्द्रलाई हस्तान्तरण पनि गरिसकेको जानकारी दिनुभएको छ ।

नेटवर्कले नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखा तथा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकासँग सहकार्यमा कोरोनाविरुद्धको सचेतनामूलक कार्य पनि संचालन गर्दै आएको छ । साथै दोलखा, अछाम, तनहुँ र काभ्रेलगायतमा पनि स्वास्थ्य सेवा तथा सचेतनामूलक काम गर्न सुरु गरिएको संस्थाका अध्यक्ष वस्नेतले बताउनुभयो ।


Views: 94

Top