मेरी संगिनी एप सञ्चालनमा

हिमालय टाइम्स   POSTED ON : असार १, २०७८ (९:१२ AM)

मेरी संगिनी एप सञ्चालनमा

नेपाल सिआरएस कम्पनीले परिवार योजनासम्बन्धी मेरी संगिनी नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । अस्थायी र छोटो अवधिका परिवार योजनाका साधनबारे विस्तृत जानकारी दिने उद्देश्यका साथ मेरी संगिनी मोबाइल एप सुरु गरिएको कम्पनीले जनाएको छ ।

मेरी संगिनीबाट प्रदान गरिएको अस्थायी तथा छोटो अवधिका परिवार योजनाका साधनसम्बन्धी तथा सो साधन प्रयोगबाट पर्ने असरबारेमा समेत जानकारी प्राप्त हुने बताइएको छ । खासगरी किशोर तथा किशोरी एवं नवविवाहित जोडीलाई अत्यन्त उपयोगी रहेको कम्पनीले जनाएको छ ।

एपमा भएको ‘प्राय सोधिने प्रश्नहरू’ खण्डले परिवार योजनाका अस्थायी तथा छोटो अवधिका साधन प्रयोकर्तालाई अझ विस्तृत जानकारी दिनुका साथै सम्भाव्य प्रयोगकर्तालाई साधनको सुसूचित छनोट गर्न सहयोग पुग्ने बताइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा.तारानाथ पोख्रेलले परिवार योजनाका साधनको पहुँच बढाउन मोबाइल प्रविधिको भूमिका महŒवपूर्ण रहेको र मेरी संगिनी एपले उपभोक्तालाई अस्थायी गर्भनिरोधक साधनबारे सुसूचित छनोट गर्न सहयोग पुग्ने बताउनुभयो ।

राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा. राधिका थपलियाले एपले परिवार योजना र सोसम्बन्धी विषयमा विस्तृत जानकारी सजिलोसँग हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । मेरी संगिनी एप, युएसएआइडीको आर्थिक एवं सप्स प्लस को प्राविधिक सहयोग तथा सूचना तथा सञ्चार केन्द्रको समन्वयमा सिआरएसले निर्माण गरेको हो ।


Views: 106

Top