मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ बाट आइपीओ निष्कासन गर्दै

  POSTED ON : श्रावण ६, २०७८ (१२:२५ PM)

मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ बाट आइपीओ निष्कासन गर्दै

काठमाडौं  । मैलुङ खोला जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनिले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता यसमध्ये २५ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५५ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी ६ लाख ८४ हजार ७४६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन सकिने कम्पनीले जनाएको छ । 

कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । सर्वसाधारणले बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयरमा सर्वसाधारणले छिटोमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।


Views: 65

Top