वाणिज्य बैंकका कर्मचारीद्वारा रक्तदान

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:०६ AM)

वाणिज्य बैंकका कर्मचारीद्वारा रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३२औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । ओ अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झण्डोत्तोलन गर्नुभएको थियो ।

त्यस्तै रक्तदान कार्यक्रममा ६७ जना बैंकका कर्मचारीले रक्तदान गरेका थिए । वार्षिकोत्सवका अवसरमा संघले मामाघर नेपाल मकवानपुरलाई आर्थिक सहयोग गर्ने भएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल २०४७ साल साउन ६ गते स्थापना भएको बैंकभित्रको सबैभन्दा जेठो ट्रेड युनियन हो । संघले पेशागत हक, हित तथा संस्था उन्नति प्रगतिका लागि आवाज उठाउँदै आएको जनाएको छ ।


Views: 85

Top