लक्ष्मीका ग्राहक खाती फोन लोन विजेता

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:०८ AM)

लक्ष्मीका ग्राहक खाती फोन लोन विजेता

काठमाडौं । फोन लोनले तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । भाग्यशाली विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खातीले सामसुङको ५५ इन्च स्मार्ट टिभी जित्नुभएको छ । ‘युरो कप विथ फोन लोन’ योजना असार १ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको थियो । फोन लोन सञ्जालमा पाँच बैंक सहभागी भएका थिए । 

लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोन लोनका प्रयोगकर्ता सहभागी हुन सक्ने व्यवस्था रहेको थियो । योजनामा सहभागी हुन योग्य फोन लोनका प्रयोगकर्ताले सो अवधिभित्र फोन लोनमार्फत् कर्जा लिनुपर्ने थियो ।

विजेता छनोट भने फोन लोनको ‘विनर सेलेक्सन सफ्टवेयर’ द्वारा गरिएको कम्पनीले जनाएको छ । योजनामार्फत् फोन लोनले ग्राहकमाझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ । पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण बढ्दै गएको कम्पनीले जनाएको छ ।


Views: 93

Top