सुनचाँदी तथा खानी समिति गठन

हिमालय टाइम्स   POSTED ON : श्रावण ७, २०७८ (८:१० AM)

सुनचाँदी तथा खानी समिति गठन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले रमेश महर्जनको संयोजकत्वमा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ समिति गठन गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लले समितिका पदाधिकारी तथा सदस्यलाई मनोनयनपत्र प्रदान गर्नुभएको छ । समितिको उपसभापतिमा दियेशरत्न शाक्य र सुमनमान ताम्राकार तथा सदस्यमा केशर सेन्चुरी, विसन शाक्य, विद्यासागर ताम्राकार, किशोर पाण्डे, सूर्यकुमार बराल, अर्जुन विश्वकर्मा रहनुभएको छ ।

चेम्बर अध्यक्ष मल्लले समितिमा सुनचाँदी रत्न आभूषण खानी तथा भूगर्भ क्षेत्रमा लामो अनुभव हासिल गरेका महानुभावको प्रतिनिधित्व भएकाले सो क्षेत्रको प्रवद्र्धनका लागि तय गरिने नीति तथा पैरवीमा सहयोग पुग्ने बताउनुभयो । 


Views: 51

Top