डेढ अर्ब लगानीमा कागज उद्योग

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (६:५८ AM)

डेढ अर्ब लगानीमा कागज उद्योग

काठमाडौं । आईएमई समूहले डेढ अर्ब लगानीमा कागज उद्योग स्थापना गर्ने भएको छ । महोत्तरीको गौशाला नगरपालिकास्थित रामनगरमा कागज उद्योगको शिलान्यास भएको छ । सोमबार आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स एन्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । उद्योगमा अध्यक्ष ढकाल, जनकपुरको सर्राफ समूह, उद्योगपति सुनिलगोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको लगानी रहेको छ  । आईएमईको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने कागज उद्योगलाई आवश्यक पर्ने सबै उपकरण र यन्त्र जडानको काम एक वर्षभित्र सम्पन्न गरेर उत्पादनको काम सुरु गरिने बताइएको छ ।

उद्योग सञ्चालनमा आएपछि दैनिक ७५ टन कागज उत्पादन हुने र कम्तीमा एक सयजनाले तत्काल रोजगार पाउने बताइएको छ । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका ढकालले एक वर्षमा कारखाना भवन निर्माणसँगै उत्पादन सुरु गर्ने बताउनुभयो ।


Top