स्थिर व्याजदरमा एनएमबीको अटो लोन

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:२५ AM)

स्थिर व्याजदरमा एनएमबीको अटो लोन

काठमाडौं । एनएमबी बैंकले अटो लोन ८.४९ प्रतिशत प्रतिवर्ष व्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ । निरन्तर व्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी पाँच वर्षसम्म एउटै व्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ ।

विद्युतीय गाडीका हकमा भने एनएमबी बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आएको जनाएको छ । उक्त योजनाले ग्राहकले आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान व्याजदरले थप सघाउ पुग्ने बैंकले जनाएको छ । 


Top