नर्भिकमा निःशुल्क ओपीडी सेवा

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:२६ AM)

नर्भिकमा निःशुल्क ओपीडी सेवा

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले प्रत्येक शनिबार निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले आगामी शनिबारदेखि नै निःशुल्क ओपीडी सेवा सुरु हुने बताउनुभएको छ ।

प्रत्येक शनिबार विशेषज्ञ डाक्टरले दुई घण्टा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने बताइएको छ । निःशुल्क ओपीडी सेवा लिन नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर नाम टिपाउन सकिने पनि नर्भिकले जनाएको छ  । 

शनिबार तोकिएका विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि १२ बजेसम्म बिरामीको निःशुल्क जाँच गर्नेछन् । नर्भिकले आगामी शनिबारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपीडी सेवा सञ्चालन गरिने जनाएको छ । 


Top