इभी मोटर्सको शोरुम नक्सालमा

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:२९ AM)

इभी मोटर्सको शोरुम नक्सालमा

काठमाडौं । इभी नेपाल मोटर्सले काठमाडौंको नक्सालमा शोरुम स्थापना गरेको छ । शोरुममा जर्मन टेक्नोलोजी वोस्चद्वारा सञ्चालित विभिन्न मोडल र रंगका इलेक्ट्रिक स्कुटरका साथै इलेक्ट्रिक साइकल पनि उपलब्ध रहेका छन् । 

शोरुम स्थापनाका अवसरमा कम्पनीले पाँच हजारदेखि १० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ । साथै छाता, बज्र मास्क बक्स, निःशुल्क हेलमेट, निःशुल्क सर्भिस र कुपनसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त अफर ३० जुलाई, २०२१ सम्म रहने बताइएको छ ।


Top