६ जीको तयारीमा ओपो

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:३१ AM)

६ जीको तयारीमा ओपो

काठमाडौं । ओपो रिचर्स इन्स्टिच्युटले आधिकारिकरूपमा पहिलो सिक्स जी ह्वाइट पेपर ‘सिक्सजी एआई-क्युब इन्टेलिजेन्ट नेटवर्किङ’ सार्वजनिक गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्सी (एआई) ले सिक्स जी नेटवर्क आर्किटेक्चरको सशक्तीकरणमा कसरी टेवा पुर्‍याउन सक्छ भन्ने दूरसञ्चार उद्योगकै पहिलो नमुनाका रूपमा ह्वाइट पेपरले दूरसञ्चार सञ्जालको डिजाइनका लागि विस्तृत दृष्टिकोण प्रस्ताव गरेको छ ।

सिक्स जी सेवा र प्राविधिक आवश्यकता, मुख्य प्रविधि तथा प्रणालीका सुविधाका बारेमा प्रारम्भिक अध्ययनका लागि हाल ओपोले प्रि-रिसर्च टोलीसमेत गठन गरिएको जनाएको छ । सिक्स जीले एआईसँग मानव अन्तरक्रियालाई पूर्णतः नयाँ आयाम प्रदान गर्दै एआईलाई सबैले उपयोग गर्न सक्ने वास्तविक सार्वजनिक सेवा प्रदायक प्रविधिका रूपमा स्थापित गराउन सकिनेमा ओपो विश्वस्त रहेको छ । सिक्स जीद्वारा सञ्चारित स्मार्ट उपकरण एआईका अभिन्न सहभागी तथा प्रयोगकर्ता हुनेछन् ।

जसले विभिन्न प्रयोग चरणमार्फत् एआई आल्गोरिदम्स डाउनलोड तथा परिमार्जन गर्दै अझ परिष्कृत एआई मोडलका लागि डाटा संकलन गरी उपलब्ध गराउँदै प्रयोगकर्तालार्ई अझ इमर्सिभ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । 


Top