टीभीएसको नयाँ स्कुटर

हिमालय टाइम्स   POSTED ON : श्रावण १२, २०७८ (७:३२ AM)

टीभीएसको नयाँ स्कुटर

काठमाडौं । टु व्हीलर र थ्री व्हीलरको निर्माता टीभीएस मोटर कम्पनीले बीएसभीआई टीभीएस एनटर्क १२५ रेस ट्युन्ड फ्युल इन्जेक्सन (आरटीएफआई) नेपाली बजारमा ल्याएको छ । कम्पनीले बीएसभीआई एफआई प्लेटफर्मका दुई संस्करण विकास गरेको छ ।

आईआरटीएफआई टेक्नोलोजी विशेषरूपमा सबै ड्राइभिङ सर्तमा एक रमाइलो रेसिङ अनुभव सुनिश्चित गर्न डिजाइन गरिएको कम्पनीले जनाएको छ । टीभीएस एनटर्क नेपालकै सर्वाधिक बिक्री हुने १२५ सीसी प्रिमियम स्कुटरका रूपमा स्थापित भएको छ ।

नयाँ एडिसनले स्कुटरमा ५.८ लिटरको फ्युल ट्यांक प्रदान गरेको छ । टीभीएसका अन्तर्राष्ट्रिय विजनेस अध्यक्ष आर दिलिपले भन्नुभयो, ‘टीभीएस एनटर्क १२५ ले जेनेरेसन जेडका लागि रोचक, शक्तिशाली र जोडिएको अनुभव सिर्जना गरेर नेपालमा स्कुटर उपभोक्ताको अपेक्षालाई नयाँ परिभाषा दिएको छ ।

यो नेपालमा सबैभन्दा धेरै मन पराइएको र स्वीकृत स्कुटर ब्रान्डका रूपमा चिनिएको छ ।’ जगदम्बा मोटर्सका  प्रबन्ध निर्देशक शाहिल अग्रवालले भन्नुभयो, ‘आज टीभीएस एनटर्क १२५ बीएसभीआई नेपालमा ल्याउन पाउँदा हामी निकै खुशी छौं, स्मार्ट स्कुटर आरटी-एफआई समावेशका साथ एक बेस्ट-इन-क्लास स्वामित्वको अनुभव सिर्जना गर्न डिजाइन गरिएको हो ।’ 


Top