लिट्मसको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

हिमालय टाइम्स   POSTED ON : भदौ २६, २०७८ (६:२६ AM)

लिट्मसको ब्रान्ड एम्बेसडरमा राजेश हमाल

काठमाडौं । लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्नो नयाँ संरचनाको विकास गरी लिट्मस केबल ब्रान्डबाट विभिन्न प्रकारका तार र केबल उत्पादन गर्दै आएको छ । हालै कम्पनीले आफ्ना उत्पादनको प्रवद्र्धन एवं विस्तार गर्न महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

दुई वर्षका लागि नियुक्त भएसँगै कम्पनीले प्रवद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा महानायक एवं मधुको उपस्थिति रहने कम्पनीले जनाएको छ । लुम्बिनी विद्युत् उद्योग सन् १९७७ मा स्थापित नेपालको पहिलो एल्मुनियम कन्डक्टर स्टिल रेडनफोस्र्ड कन्डक्टर निर्माण कम्पनी हो । 

कम्पनीले हालै नयाँ संरचना विकास गरी आफ्ना विभिन्न उत्पादन बजारमा बिक्री गर्दै आएको छ । चार दशकदेखि विभिन्न प्रकारका तार र केबल उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एड्भान्स मेसिन जडान गरेको छ ।


Top