अब रेमिट खल्तीबाटै

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (६:२० AM)

अब रेमिट खल्तीबाटै

काठमाडौं । खल्ती वालेटले विदेशबाट एभरेस्ट रेमिटमार्फत् पठाएको रकम खल्तीबाटै सजिलै प्राप्त गर्न सकिने आकर्षक सुविधा ल्याएको छ । यस्तो सुविधासँगै ग्राहकले रेमिट्यान्स सेवा घरमै प्राप्त गर्न सक्ने बताइएको छ । साथै प्राप्त  रकम पुनः खल्तीबाट तुरुन्त आफ्नो बैंक खातामा ट्रान्सफर गर्न वा खल्तीको रेमिट्यान्स सेवामार्फत् नेपालको जुनसुकै ठाउँमा पठाउन सकिने पनि कम्पनीले जनाएको छ । डिजिटल वालेटको रेमिट्यान्स विभाग प्रमुख सौरभराज पाण्डेले भन्नुभयो, ‘हामीले ग्राहकलाई घरमै रेमिट्यान्स सुविधा उपलब्ध गराउने उद्देश्यले यस्तो सेवा एभरेस्ट रेमिटसँगको सहकार्यमा सञ्चालनमा ल्याएका हौं, हामी आशावादी छौं कि यो सुविधाले ग्राहकको समय र पैसा बचत गर्न महŒवपूर्ण भूमिका खेल्नेछ । साथै हाम्रो डिजिटल नेपालको अभियानमा समेत थप टेवा पुग्नेछ ।’

Top