सानिमाका ग्राहकलाई सामसुङ फोल्डेबल फोन

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (६:२४ AM)

सानिमाका ग्राहकलाई सामसुङ फोल्डेबल फोन

काठमाडौं । सानिमा बैंक र नेपालस्थित सामसुङ मोबाइलको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य व्याजदरमा मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार सानिमाका ग्राहकले क्रेडिट कार्ड प्रयोग गरी सामसुङका स्मार्टफोनहरू जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य व्याजरमा मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि-बुकिङ गर्न सक्नेछन् । प्रि-बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सकिनेछ । मोबाइलको औपचारिक लन्च भने असोज ६ गते हुने कम्पनीले जनाएको छ ।

Top