क्रिकेट खेललाई शिवशक्ति ग्रुपको साथ

हिमालय टाइम्स   POSTED ON : भदौ ३०, २०७८ (६:२६ AM)

क्रिकेट खेललाई शिवशक्ति ग्रुपको साथ

काठमाडौं । शिवशक्ति ग्रुप अब केकेएक्सआईको गोल्डेन पार्टनर बनेको छ । टेलिहोल्डिङ्स प्रालिअन्तर्गतको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा खेल्ने फ्रेन्चाइज टोली काठमाडौं किङ्स केकेएक्सआईले शिवशक्ति ग्रुपको फेमिली आयल  र ऊर्जा राइससँग सहकार्यका लागि सम्झौता गरेको छ । शिवशक्ति ग्रुप एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो, जसले अल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगा धुने साबुन, कृषिजन्य उत्पादन, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरलगायत खाद्यवस्तु उत्पादन गर्दै आएको छ ।

शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवाल भन्नुहुन्छ, ‘नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ । हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं । एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपाली क्रिकेटरको प्रतिभामा निखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमा लगानी गरेका हौं ।’

त्यस्तै टेलिहोल्डिङ प्रालिका अध्यक्ष सञ्जय अग्रवाल भन्नुहुन्छ, ‘अहिलेको महामारीमा पनि हामी केकेएक्सआई र शिवशक्ति ग्रुपले मिलेर समन्वय गर्ने वातावरण बनाउन सफल भएका छौं । यस समन्वयले टिमको हौसलामा वृद्धि गर्नेछ । हामी शिवशक्ति ग्रुपलाई धन्यवाद दिन चाहन्छांै र खेल जितेर इतिहास कोर्न तयार रहेका छौं ।’ 

ईपीएलमा काठमाडौं किङ्स एक्सआई आकर्षक प्रतिभाले भरिएको टोली हो, जसमा पाकिस्तान राष्ट्रिय टोलीका पूर्वकप्तान शाहिद आफ्रिदी, सन्दिप लामिछाने, इन्डियन प्रिमियर लिग आईपीएलमा खेल्ने एकमात्र नेपाली खेलाडी, सुवास खकुरेल, शेर मल्ल र अरू प्रतिभाशाली खेलाडी रहेका छन् ।


Top