स्प्राइटको दशैँ प्रमोसनल अभियान

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (६:०७ AM)

स्प्राइटको दशैँ प्रमोसनल अभियान

काठमाडौं । लोकप्रिय लेमन-लाइम पेय पदार्थ स्प्राइटले स्क्रिन टाइम प्रमोसनल अभियानअन्तर्गत ‘चिलिङको स्टार्ट, मोबाइल र स्प्राइटको साथ’ अफर प्रस्तुत गरेको छ । कम्पनीका अनुसार अभियानको उद्देश्य धेरैभन्दा धेरै उपभोक्तासम्म पहुँच पुर्‍याउनु र उनीहरूलाई रिफ्रेस गर्नु हो ।

अभियानअन्तर्गत उपभोक्ताले एउटा बजाज पल्सर १२५ सीसी, एउटा सामसुङ ४३ इन्चको टिभी र पाँचवटा सामसुङ एफ २२ मोबाइल हरेक हप्ता जित्ने मौका पाउनेछन् । दैनिक लक्की ड्रअन्तर्गत पाँच भाग्यशालीले हरेक दिन एउटा सामसुङ मोबाइल एफ २२ जित्ने मौका पाउने पनि कम्पनीले जनाएको छ ।

अफरमा सहभागी हुन लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्ने हुन्छ । यो योजना कात्तिक १८ गतेसम्म लागू हुने बताइएको छ । अफर पाँच सय मिलिलिटरको स्प्राइटको पिइटी प्याक, एक लिटर, १.५ लिटर र २.२५ लिटरमा लागू हुने पनि कम्पनीले जनाएको छ । 


Top