शाओमी टिभीको दशैं अफर

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (६:११ AM)

शाओमी टिभीको दशैं अफर

काठमाडौं । शाओमीले दशैंको अवसरमा शाओमी टिभी खरिदमा विशेष छुट योजना ल्याएको छ । अफरअन्तर्गत विभिन्न मी एलइडी टिभी र अन्यको खरिदमा पर्याप्त छुटहरू प्राप्त हुनेछ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, ‘देशमा शाओमी टिभी लन्च भएदेखि नै हामीले आफ्नो श्रेणीमा केही उच्च मापदण्ड राख्दै आएका छौं, जसमा हाम्रा उपकरणमध्ये प्रिमियम मूल्य क्षेत्रमा डि-फ्याक्टो विकल्पका रूपमा परिणत भएका छन् ।

दशैंलाई लक्षित गर्दै शाओमीले ग्राहकलाई यो चाडबाडको बेलामा नयाँ टिभी किन्न र शाओमीका टिभी आफ्ना प्रियजनसँग मन पर्ने कार्यक्रम हेर्न यो विशेष छुटको  अफर ल्याएको हो ।’ अफरअनुसार ३८ हजार नौ सय ९९ सय पर्ने मी एलइडी टिभी ए प्रो ३२, ३४ हजार नौ सय ९९ सय रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, ४४ हजार नौ सय ९९ रुपैयाँ पर्ने मी एलइडी टिभी ४  ए ४०, ३९ हजार नौ सय ९९ सय रुपैयाँ, ४९ हजार नौ सय ९९ पर्ने मी एलइडी टिभी ४ ए ४३ र होराइजन ४६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ  । त्यसैगरी ६४ हजार नौ सय ९९ पर्ने मी एलइडी टिभी ४ एक्स ४३, ५४ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ भने ८९ हजार नौ सय ९९ पर्ने मी एलइडी टिभी ४ एक्स ५५, ७९ हजार नौ सय ९९ र एक लाख २० हजार नौ सय ९९ पर्ने मी एलइडी टिभी ४ एक्स ६५, एक लाख नौ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै मी टिभीको खरिदमा एक भाग्यशालीले दैनिक मी वाच लाइट प्राप्त गर्नेछन् र मी फोन वा पोको फोन खरिदमा दुई भाग्यशालीले दैनिक मी ब्लुटुथ स्पिकर पाउने बताइएको छ । 


Top