वस्तुुगत संघका समस्या सम्बोधन गर्न माग

हिमालय टाइम्स   POSTED ON : आश्विन ८, २०७८ (६:१४ AM)

वस्तुुगत संघका समस्या सम्बोधन गर्न माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले वस्तुुगत संघका समस्या सम्बोधन गर्ने भएको छ । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान), एलपी ग्यास उद्योग संघ र नेपाल हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यको सम्मानमा आयोजित कार्यक्रममा महासंघ अध्यक्ष शेखर गोल्छाले यस्तो बताउनुभएको हो ।

सो अवसरमा फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले कोरोनाका कारण पुुष्प व्यवसाय क्षेत्रले ठूलो नोक्सानी बेहोर्नुपरेकाले राहत उपलब्ध गराउनुपर्ने, स्वदेशी पुष्प प्रवद्र्धनका लागि आयातित फूल प्रतिबन्ध लगाउनुुपर्ने, पुुष्प नीतिलाई संघीय संरचनाअनुसार परिमार्जन गर्न महासंघले सहयोग गर्नुुपर्ने बताउनुभयो ।  नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशप्रसाद मल्लीले ठूलो लगानी रहेको एलपी ग्यास उद्योगलाई राज्यले हेर्ने नजरमा परिवर्तन गर्नुपर्ने, केवल खाना पकाउने इन्धनका रूपमा मात्र नलिई अन्य औद्योगिक प्रयोजनका उपाय पनि पहिल्याउनुुपर्ने बताउनुभयो ।

संघमा हाल ५८ ग्यास उद्योग आबद्ध रहेको, करिब ११ सय करोड लगानी रहेको र करिब २२ देखि २५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेको पनि उहाँले जानकारी गराउनुभयो । हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले उत्तरी छिमेकी देशसँग जोडिएका खासगरी तातोपानी र रसुुवाका व्यापारिक नाका सुुचारु नभएको र चीनसँगको व्यापार पूर्वावस्थामै फर्कन नसक्दा व्यवसायीहरू ठूलो आर्थिक मारमा परेको भन्दै महासंघले तत्काल नेपाल सरकार तथा चिनियाँ राजदूतावासमार्फत् पहल गरी समस्या समाधानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।

लामो समयसम्म दुवै नाकाहरू बन्द रहेका र हाल पनि न्यूनतम संख्या तोकी सामान आयात गर्न दिने तर निर्यातका लागि कुनै व्यवस्था नभएकाले आयात पूर्णरूपमा खोलिनुपर्ने र निर्यातका लागि पनि आवश्यक व्यवस्था हुनुपर्ने, सीमानाका तातोपानी र रसुवामा चिनियाँ पक्षबाट प्राप्त एसपीएस प्रमाणीकरण गर्ने व्यवस्था भएमा नेपालको निर्यात अभिवृद्धि हुने भएकाले प्रयोगशालाको स्थापना हुनुपर्ने, सीमानाकामा आयातनिर्यातसँग सम्बन्धित व्यक्तिहरूलाई समस्या समाधानार्थ निश्चित पास सिस्टमको व्यवस्था हुनुपर्ने र नेपाल–चीनबीच भएको पारवहन सम्झौता प्रोटोकल चाँडो कार्यान्वयनमा ल्याइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले स्वदेशी पुष्प व्यवसाय प्रवद्र्धन गर्नुपर्नेमा आफ्नो पनि जोड रहेको बताउनुभयो । उहाँले कोरोनाबाट थलिएका पुुष्प व्यवसायीका समस्या समाधानमा महासंघले पहल गर्ने, पुुष्प नीति संशोधनको विषयलाई महासंघको वस्तुुगत परिषद्मार्फत् अगाडि बढाउने आश्वासन दिनुभयो । त्यस्तै एलपी ग्यासका सम्बन्धमा सरकारसँग छलफल गर्ने, चीनसँगको व्यापारिक नाका पूर्वावस्थामै सञ्चालन गर्न छिट्टै महासंघको नेतृत्व संघका पदाधिकारीसमेत सम्मिलित टोलीले चिनियाँ राजदूत र नेपाल सरकारको सम्बन्धित निकायमा पहल गर्ने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । 

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वर्तमान टिम उद्यमी व्यवसायीका समस्या समाधान, मुुलुकको अर्थतन्त्र निर्माण, आर्थिक व्यावसायिक विकासका मुुद्दामा निरन्तर खटिरहेको भन्दै सबै सदस्य संघहरूको सहकार्यमा जोड दिनुभयो । महासंघको वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष अञ्जन श्रेष्ठले निर्वाचित टिमलाई बधाइ दिँदै महासंघले सदस्य वस्तुुगत संघसँग सधैं नजिकमा रहेर काम गर्ने बताउनुभयो । 


Top