सानिमा र सस्तो डिलबीच सहकार्य

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (६:१६ AM)

सानिमा र सस्तो डिलबीच सहकार्य

काठमाडौं । महान् चाड बडादशैँका अवसरमा सानिमा बैंकले विभिन्न छुटका योजना ल्याउनेक्रममा ‘बिग डिल एट सस्तो डिल’ योजना सार्वजनिक गरेको छ । सस्तो डिलसँगको सहकार्यमा सञ्चालित योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानीमा २५ प्रतिशत वा अधिकतम् दुई हजार पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।

योजना अवधिभर सहभागी हुने ग्राहकलाई फस्ट कम फस्ट सर्भिसका आधारमा छुट प्रदान गरिने योजना असोज १५ सम्म लागू हुने बैंकका निक्षेप व्यवस्थापन प्रमुख टंकमणि बरालले जानकारी गराउनुभएको छ । यसैबीच बैंकले शुक्रबार विराटनगरको कचनबारीमा शाखा विस्तार गरेको छ ।  उक्त शाखाको ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । 

Top