गल्छी गाउँपालिका र नबिलबीच सम्झौता

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (६:२१ AM)

गल्छी गाउँपालिका र नबिलबीच सम्झौता

काठमाडौं । नबिल बैंकले धादिङको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम  गरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि सम्झौता गरेको छ । गल्छी गाउँपालिकामा नबिलतर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकातर्पmबाट अध्यक्ष कृष्णहरि श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार गाउँपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहनेलाई गाउँपालिकाको सिफारिसमा बैंकले कर्जा उपलब्ध गराउने र वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्नेछ ।

Top