जोन्टालाई सिद्धार्थको सहयोग

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (६:२२ AM)

जोन्टालाई सिद्धार्थको सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले जोन्टा क्लब अफ काठमाडौंलाई चार लाख ९७ हजार दुई सय रुपैयाँ सहयोग प्रदान गरेकोे छ । उक्त सहयोग जोन्टा अभियानको घरेलु हिंसाविरुद्धको सचेतनामा उपयोग हुने बताइएको छ । सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले जोन्टा अध्यक्ष सीमा गोल्छालाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको छ । जोन्टा काठमाडौंले हिंसापीडित महिलालाई सहयोग गर्न विभिन्न साझेदारसँग काम गर्दै आएको छ ।

Top