बजाज पल्सर एभरेस्ट प्रिमियर लिग

हिमालय टाइम्स   POSTED ON : आश्विन ९, २०७८ (६:२६ AM)

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग

काठमाडौं । काठमाडौं किङ्स ११ ले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिगका लागि टिम सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थितिमा आयोजित कार्यक्रममा काठमाडौं किङ्स ११ का कप्तान सन्दिप लामिछाने र पाकिस्तानी टिमका पूर्वकप्तान शाहिद अफ्रिदीसहित टिमको छोटो परिचयात्मक जानकारीका साथ सार्वजनिक गर्नुभएको हो ।

काठमाडौं किङ्स ११ ले जर्सी नम्बरसहित खेलाडीको घोषणा गरेको छ । पाकिस्तानी राष्ट्रिय टिमका पूर्वकप्तान तथा ब्याट्सम्यान शाहिद अफ्रिदीले नम्बर १०, अर्र्का अन्तर्राष्ट्रिय खेलाडी जनप्रकाशले १६ नम्बर र  अफगानी ब्याट्सम्यान रेहमानुल्लाह गुर्वाजले २८ नम्बर जर्सी लगाएर खेल्ने बताइएको छ । सन्दिपकोे भने २५ नम्बर जर्सी रहेको छ । ६ टिमले प्रतिस्पर्धा गर्ने ईपीएल असोज ९ गतेदेखि असोज २५ गतेसम्म कीर्तिपुर मैदानमा हुने आयोजकले जनाएको छ ।

बजाज पल्सर एभरेस्ट प्रिमियर लिग क्रिकेटअन्तर्गत काठमाडौंं किङ्स ११ टिमको मुख्य प्रायोजन शिवम् सिमेन्ट रहेकोे छ भने स्मार्टफोन पार्टनर नोकिया, गोल्ड पार्टनर शिवशक्ति ग्रुपको फेमिली आयल र ऊर्जा राइस, बैंकिङ पार्टनर सिद्धार्थ बैंक र इलेक्ट्रिफाइड पार्टनर लिट्मस केबल रहेका छन् ।

Top