रेनोको शुभ काररम्भ

हिमालय टाइम्स   POSTED ON : आश्विन ११, २०७८ (६:२८ AM)

रेनोको शुभ काररम्भ

काठमाडौं । ‘चाडपर्वको शुभ सुरुवात गरौं रेनोको साथ’ भन्ने नाराका साथ नेपालमा रेनो गाडीको आधिकारिक बिक्रेता एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना ‘रेनो शुभ काररम्भ’ को सुरुवात गरेको छ । योजनाअन्तर्गत रेनोको कुनै पनि गाडी खरिदमा ग्राहकले नगद तीन लाखसम्मको फाइदा प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत सजिलो फाइनान्स, एक वर्षको निःशुल्क सडक कर, दुई वर्षका लागि निःशुल्क सर्भिसिङ र पाँच वर्षसम्म वारेन्टीलगायतका सुविधा रहेको कम्पनीले जनाएको छ । यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विडजस्ता रेनोका सबै भेरियन्टका गाडीमा उपलब्ध हुने बताइएको छ ।


Top