सुबिसुको ‘दक्षिणा अफर’

हिमालय टाइम्स   POSTED ON : आश्विन २२, २०७८ (६:०१ AM)

सुबिसुको ‘दक्षिणा अफर’

काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले महान् चाड बडादशैंको उपलक्ष्यमा सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ । अफरअन्तर्गत ग्राहकले ५० एमबिपिएस इन्टरनेटको वार्षिक सेवा १३ हजार नौ सय ९९ रुपैयाँमै प्राप्त गर्ने कम्पनीले जनाएको छ । अन्य जडान शुल्क र कर पनि सोही रकममै समावेश भएकाले ग्राहकले थोरै शुल्कमा धेरै लाभ प्राप्त गर्ने बताइएको छ । साथै वार्षिक सेवाको भुक्तानी इसेवामार्फत् गर्दा थप एक हजार क्यासब्याक प्राप्त हुनेछ, जसका लागि ग्राहकले भुक्तानी गर्दा प्रोमो कोड ‘उपहार’ प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Top