चार प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण

हिमालय टाइम्स   POSTED ON : आश्विन २२, २०७८ (६:०८ AM)

चार प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण

काठमाडौं । विश्व बैंकले सन् २०२१/०२२ मा नेपालको आर्थिक वृद्धिदर झण्डै चार प्रतिशत अर्थात् ३.९ प्रतिशतले हुने प्रक्षेपण गरेको छ । कोरोनाका कारण खस्किएको अर्थतन्त्र पुनस्र्थापनाको क्रम जारी रहेकाले अघिल्लो आवमा १.८ प्रतिशत रहेको वृद्धिदर चालु आवमा बढेर ३.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान छ ।

लकडाउन खुकुलो हुँदै गएकाले आर्थिक गतिविधि पनि वृद्धि भएका कारण चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने विश्व बैंकद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यस्तै सन् २०२२/०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशत पुग्ने बताइएको छ ।

 केन्द्रीय तथ्यांक विभागले गत आवमा ४.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेकोमा २.१ प्रतिशतले नकारात्मक हुन पुगेको थियो । सरकारले चालु आवमा सात प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष २०७८/०७९ का लागि एडिबीले ४.१ प्रतिशत वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।


Top