हेडफोन र एयर प्युरिफायर

हिमालय टाइम्स   POSTED ON : आश्विन २३, २०७८ (५:५३ AM)

हेडफोन र एयर प्युरिफायर

काठमाडौं । आइएमएस ग्रुपले लिनियर फ्लक्स हाइपर सोनिक वायरलेस हेडफोन, एनजाइजर पावर बैंक तथा क्रेन हृयुमिडिफायर/एयर प्युरिफायरको माग बढ्दोक्रममा रहेको जनाएको छ । ग्राहकको बढ्दो मागका कारण कम्पनीले स्मार्टडोको तथा अन्य अनलाइन प्लेटफर्ममा उक्त सामग्री बजारमा ल्याएको छ ।

साथै दशैँ अफरका रूपमा स्मार्टडोकोलगायत अन्य इ-कमर्श साइट तथा आइएमएस लिटल स्माइल्स शोरुम दरबार मार्ग र सिटी सेन्टरमा १५ देखि २५ प्रतिशत फ्ल्याट डिस्काउन्टमा खरिद गर्न कम्पनीले भनेको छ । सामानहरू अनलाइन र अफलाइन दुवै बजारमा उपलब्ध रहेको बताइएको छ । आइएमएस ग्रुपले उक्त तीनवटै अमेरिकी ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेताको जिम्मेवारी पाएको छ ।

कम्पनीका अनुसार लिनियर फ्लक्स बिट्स (बाइडा ड्रे) तथा मोन्सटर प्रोडक्ट्सका इन्जिनियरहरूद्वारा स्थापना गरिएको ट्रु वायरलेस, हाइपर डेफिनिसन तथा उत्कृष्ट अडियोको अनुभव प्रदान गर्ने अमेरिकी हेडफोन निर्माता ब्रान्ड हो । जसमा संगीतको स्पष्टता तथा सुधारिएको बेसका लागि डिएल ०१ इमर्सिभ साउन्ड सिस्टम समावेश गरिएको छ ।

वाटर रेजिस्टेन्ट फिचर रहेको वायरलेसरूपमा पनि चार्ज गर्न सकिने उक्त डिभाइसको मूल्य नौ हजार नौ सय ९० रुपैयाँ रहेको छ । त्यस्तै अमेरिकी ब्रान्ड एनजाइजर विश्वकै ठूलो प्राइमरी ब्याट्री, ब्याट्रीबाट चल्ने पोर्टेबल डिभाइस तथा पोर्टेबल फ्ल्यास लाइटलगायतको उत्पादक कम्पनी हो । एनजाइजरले रिचार्ज गर्न मिल्ने पोर्टेबल डिभाइसका लागि निर्माण गरेको पावर बैंक कम्पनीले २५ प्रतिशत छुटमा उपलबध गराएको छ । त्यसैगरी हृयुमिडिफायरमा पनि १५ प्रतिशत छुट प्रदान गरेको छ ।


Top