कोकको दशैँ अभियान

हिमालय टाइम्स   POSTED ON : आश्विन २५, २०७८ (६:२० AM)

कोकको दशैँ अभियान

काठमाडौं । कोकाकोलाले सबै प्रियजनप्रति कृतज्ञता प्रदान गर्ने थिमका साथ हालै दशैँ अभियानको लन्च गरेको छ । ‘धन्यवाद’ शीर्षक रहेको यस अभियानको मुख्य आशय महामारीको कठिन समयमा साथी तथा सहयात्री रहेका उपभोक्तालाई एउटा कोकको बोतलमार्फत् धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले जनाएको छ । प्रहरी र थुप्रै गैरसरकारी संस्थाले नेपालमा कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

दशैंँ अभियानको एक हिस्साका रूपमा कोकले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धालाई समर्पित गरेर अन-ग्राउन्ड एक्टिभेसन सुरू गरेको छ । एक्टिभेसनको मुख्य उद्देश्य फ्रन्टलाइन नायकलाई उनीहरूले प्रदान गरेको समर्पण र समुदायका लागि दिएको सेवाका लागि कोकतर्फबाट ‘धन्यावाद’ व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ । पहिलो एक्टिभेसन सफलतापूर्वक चारवटा गैरसरकारी संस्थामा गरिएको थियो ।

महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र बासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट रहेका थिए । आगामी दिनमा कोकले देशका अग्रणी नायकहरूप्रति आभार प्रकट गर्न अस्पताल र ट्राफिक प्रहरीसहित धेरै संगठनको भ्रमण गर्ने जनाएको छ । हामी नेपालका अध्यक्ष सुदन गुरुङले भन्नुभयो, ‘घरभित्रै सुरक्षित रहेर बसिरहने बेलामा पनि हाम्रो युवाको टिमले साहसी भई स्वयंसेवकका रूपमा अरूलाई सहयोग पुर्‍याएको छ ।

महामारीमा हामीले कोष उठाएका थियौं, जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्यांक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसलाई प्रदान गर्‍यौं । कोकद्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा म र हामी नेपालको सम्पूर्ण टिम हाम्रो यात्रामा अझ बढी सशक्त र प्रेरित भएको महसुस गर्छौ ।’ कोकाकोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘अग्रपंक्तिमा काम गर्ने व्यक्तिहरूले महामारीको विगत डेढ वर्षमा हाम्रो समुदायमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन्, उनीहरू निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागिपरेका छन् । हामी उनीहरूको सराहना गर्छांै र उनीहरूको निस्वार्थ प्रयासप्रति सलाम गछौं ।’ 


Top