ओपोको कलर ओएस १२

हिमालय टाइम्स   POSTED ON : आश्विन २६, २०७८ (६:४० AM)

ओपोको कलर ओएस १२

काठमाडौं । ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलर ओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ । प्रयोगकर्तालाई स्टक एन्ड्रोइड १२ जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलर ओएस १२ मा समावेशी युआई, सटिक परफर्मेन्स, दैनिक कार्यसम्पादन क्षमता वृद्धिका साथै दैनिकी सन्तुलनमा सघाउने फिचर्स पनि समाहित गरिएको छ ।

पहिलो चरणमा इण्डोनेसिया, थाइल्याण्ड र मलेसियामा फाइन्ड एक्स थ्री प्रोमार्फत् उपलब्ध गराइने उक्त प्रणालीलाई क्रमबद्धरूपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनामा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ ।

६८ देशमा आफ्नो उपस्थितिसँगै चार सय ४० मिलियन प्रयोगकर्ताका जीवनको अभिन्न अंगका रूपमा कलर ओएस १२ को निर्माण गरिँदा समावेशितालाई ओपोले विशेष प्राथमिकताको विषयका रूपमा राखेको छ । यसमा प्रयोग गरिएको एन्टी फ्राग्मेन्टेशन र इन्टेलिजेन्ट रिसोर्स एलोकेशनले गर्दा यसको सिस्टम एजिंग रेट तीन वर्षमा अत्यन्त न्यून २.७५ प्रतिशत, औसत ३० प्रतिशत न्यून मेमोरी अधिभोग र २० प्रतिशत कम ब्याट्री खपत रहेको कम्पनीले जनाएको छ ।

Top