साढे पाँच करोड बिगो दाबीसहित मुद्दा

हिमालय टाइम्स   POSTED ON : मंसिर २, २०७८ (५:४२ AM)

साढे पाँच करोड बिगो दाबीसहित मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको छ । रूपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिकास्थित कृष्टल बोटलर्स प्रालिका सञ्चालक फुलसिंह क्षेत्री, माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिका सञ्चालक मृगेन्द्र गोविन्द श्रेष्ठ तथा जिल्ला रूपन्देही सिद्धार्थनगर नगरपालिका ३ दरखसवा स्थायी ठेगाना भएका मोहमद साहिद अन्सारीसमेत १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

उनीहरूबाट भन्सार चोरीपैठारी गरी ल्याएको नक्कली अन्तःशुल्क स्टिकर मदिरा उत्पादन गर्ने कृष्टल बोटलर्स प्रालि तथा माउन्ट एभरेस्ट डिस्टिलरी प्रालिलाई जारी भएको सक्कली अन्तःशुल्क टिकटको सिरियल नम्बरसँग मिल्ने नम्बरका नक्कली अन्तःशुल्क टिकट बरामद भएको तथा भन्सार कार्यालयबाट जाँचपासभन्दा बढी परिमाणमा मालवस्तु भेटिएको विभागले जनाएको छ ।

Top